Logo

देउवा गुट–उपगुटको राजनीतिभन्दा माथि उठ्नुपर्छ : खाँण



काठमाडौं, २१ फागुन । नेपाली जनसम्पर्क समिति हङकङका पूर्व अध्यक्ष समेत रहेका नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर दुईका अध्यक्ष इश्वर खाँणले पार्टीमा सहमति र सहकार्यको विकास आवश्यक रहेको बताएका छन् ।

देशमा कम्युनिष्टहरू हावी भएको र लोकतन्त्रमाथि एकपछि अर्को संकटको खतरा आइरहेको अवस्थामा नेताहरू एकढिक्का हुनुपर्ने बताए ।

संसदीय दलका नेतामा काँग्रेस सभापति शेरबहादुर देउवा विजयी हुनुभएकोमा बधाई दिदै आगामी दिनमा सबैलाई समेटेर जानुपर्नेमा जोड दिए । पूर्व महामन्त्री प्रकाशमान सिंहले प्राप्त गर्नुभएको मतको समेत सम्मान गर्न देउवालाई सुझाव दिनुभयो ।

‘नेपाली काँग्रेसका नेताहरू एकढिक्का हुनु आवश्यक छ,’ हङकङमा रहेका खाँणले रिपोर्टर्स नेपाल डट कमसँग भने,‘सभापति देउवाज्यूले आफूसँग भिन्न मत राख्नेको समेतलाई समेटेर जानुपर्छ ।’ सबै मिलेर नगए लोकतन्त्रमाथि खतरा आउनसक्ने औल्याए ।

पार्टीमा गुट उपगुटको राजनीति अन्त हुनुपर्ने बताए । चुनावी हारजीतलाई बिर्सेर बढ्नुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्