Logo

अन्तरिम कार्यविधि पारित गर्दै प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न



काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाको पहिलो बैठक आफ्नो अन्तरिम कार्य्विधि पारित गर्दै सम्पन्न भएको छ ।

सोमबार बसेको बैठकले कार्य्विधि पास गरेको हो । त्यस्तै आजको बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने पाँच संसदको नाम पनि पास गरेको छ ।

एमालेबाट खगराज अधिकारी, कांग्रेसका मानबहादुर विक, माओवादीकी पूर्णाकुमारी सुवेदी, राजपाका लक्ष्मणलाल कर्ण र फोरमका उमाशंकर अर्ग्रिया छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्री नियुक्तिसम्वन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पढेर सुनाइएको थियो । अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्