Logo

पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा, भारतीय राजदुत नयाँ दिल्ली



काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणको क्रममा पाकिस्तानी प्रधानमन्त्री साहिद खब्बान अब्बासी काठमाडौंमा छन् । उनी आज अपरान्ह पाकिस्तानी सेनाको विशेष विमानमार्फत काठमाडौं आईपुगेका हुन् ।

उनलाई विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्टसचिव शंकरदास बैरागीले रिसिभ गरेका थिए । त्यसलगत्तै उनी होटेल ह्यातमा आराम गर्न पुगेका थिए ।

साँझ ५ बजे उनको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिईएको थियो । उनको सम्मानमा सेनाले १९ तोपको सलामी दिएको थियो । होटेल ह्यातमा उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आजै भेटवार्ता समेत गरिसकेका छन् ।

त्यस्तै उनको सम्मानमा होटेल याक एण्ड यतिमा डिनर राखिएको छ।

पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा रहेकै बेला नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनले नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्