Logo

विकास र समृद्धिका लागि नेपालसँग सहकार्य गर्न चाहेको पाकिस्तानी प्रधानमन्त्रीको जोड



फागुन २२, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीले नेपालका केही पत्रकारहरुलाई भटेर नेपाल भ्रमणका बारेमा जानकारी गराएका छन् ।

नेपाल आएकै दिन सोमबार साँझको पत्रकार भेटघाटमा प्रधानमन्त्री अब्बासीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई बधाई दिनुका अलावा नेपालसँगको सम्बन्ध सुमधुर बनाउनका लागि आफू नेपाल आएको बताएका छन् ।

उनले नेपालसँग विकास र समृद्धिका लागि आर्थिक सहकार्य गर्न चाहेको बताएका हुन् ।
त्यस्तै सार्कलाई प्रभावकारी बनाउनका लागि पनि आफू प्रतिवद्ध रहेको उनले बताए ।

आगामी सार्क सम्मेलन पाकिस्तानमा गराउने र त्यसमा भारतलाई पनि सहभागि गराउने उनको भनाई थियो । पाकिस्तानमा हुने सम्मेलनमा भारतको सहभागिताका लागि नेपालको भूमिका महत्वपूर्ण हुने भन्दै उनले त्यसका लागि नेपाल सरकारले पहल गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाल आएर प्रधानमन्त्री ओलीलाई बधाई दिन पाएको उनले खुशी व्यक्त गरेका छन् ।

पछिल्लो समय पाकिस्तानको चिनसँगको सम्बन्ध राम्रो बन्दै गएको सन्दर्भमा उनले पाकिस्तान आर्थिक करिडोरको सम्भावना रहेको बताएका थिए ।
हायात होटलमा भएको भेटघाटमा नेपालका पत्रकारहरु सुवशंकर कँडेल, लक्ष्मण हुमागाई, पशुराम काफ्ले र शंकर कार्की सहभागि थिए ।



प्रतिक्रिया दिनुहोस्