Logo

ओली सरकारमा सहभागी हुने फोरम नेपालको निर्णय



काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ ।

आज विहान बसेको फोरम नेपालको पदाधिकारीहरुको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सरकारमा जाने सहमतिसँगै सत्तारुढ दल र फोरम नेपालबीच आजै संविधान संशोधन गर्नेबारे सहमति हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्