Logo

भोजपुर जिल्ला अस्पतालमा प्रशुति शल्यक्रिया सञ्चालनमा



सरिता राई : भोजपुर, २२ फागुन । भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालको प्रशुति शल्यक्रिया सेवा करिव दुई वर्षपछि पुन सन्चालनमा आएको छ ।

शल्यक्रियाका लागी आवश्यक दक्ष जनशक्ति तथा औषधिहरुको अभावका कारण बन्द रहेको प्रशुति सेवा सोमबारबाट पुन सन्चालनमा आएको हो ।
शल्यक्रिया सेवा बन्द हुदा सुत्केरी महिलाहरुले निक्कै सास्ति भोग्नुपरेको थियो ।

हालै मात्र प्रशुति शल्यक्रिया सेवा सन्चालनका लागि दुुईजना दक्ष डाक्टरहरु ल्याएपछि सोमबार एक जनाको अप्रेशन गरी प्रशुति गराउन सफल भएको डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो ।

हाल शल्यक्रियाका लागि डाक्टर त्रिभुवन चन्द्र झा र पुजन विश्वकर्माले सेवा दिइरहेका छन् । पुन सेवा सन्चालनमा आएसंगै यहाँका स्थानीयवासी हर्षित भएका छन् ।

सेवा वन्द भएपछि भौतिक पुर्वधार समेत जिर्ण बन्दै गएको कारणपनी सेवा सन्चालनमा ल्याउन समस्या रहेको डाक्टर विश्वकर्माले वताउनुभयो । अव भने सेवा निरन्तर सन्चालनमा रहने अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्