Logo

एमाले नेता महासेठको चर्चा चुलिँदो



काठमाडौं, २२ फागुन । नेकपा एमालेका नेता एवम् निर्वाचित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठको यतिवेला क्रेज ह्वात्तै बढेको छ ।

पूर्वमन्त्री समेत रहेका सांसद महासेठ शालिन नेताको रुपमा चिनिन्छन् । उनले मधेशी जनताको अधिकार स्थापित् गराउन सुरुदेखि नै सशक्त भूमिका निर्वाह गर्दै आएका छन् ।

संविधान जारी भएपछि पनि उनले संविधान संशोधनको विषयमा आफ्नो अडान स्पष्ट रुपमा राखेका थिए । उनले जनचाहना अनुसारमात्रै संशोधन गर्नुपर्ने अडान लिएका थिए । उनले त्यतिवेला भनेका थिए,‘संविधान संशोधन हुन्छ, तर मधेशवादी दलहरुले भनेजस्तो हुँदैन, हामी जनताको हितमा गर्न तयार छौं।’

उनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय नेताको जस्तो सोच भनेर प्रशंसा गर्नेहरु धेरै थिए । उनले सपथग्रहण समारोहमा पनि राष्ट्रिय पोशाक लगाएका थिए । त्यस्तै उनले राष्ट्रिय भाषामा सपथ खाएका थिए ।

अहिले उनको गृहजिल्ला धनुषामा उनको प्रशंसा गर्नेहरुको ठूलो भीड छ । कतिपयले भनेका छन्,‘हिजोको दिनमा उहाँले जे बोल्नुभएको थियो, आज त्यही भयो । उहाँको सोच राष्ट्रिय नेताको जस्तो थियो ।’

मधेश आन्दोलन, संविधान जारीपछिको नाकामा भएको अवरोध लगायतका महत्वपूर्ण घट्नामा पनि उनले आफ्नो चट्टानी अडानलाई कायम राखेका थिए । महासेठसँगै यो पटक संसदमा उनकी धर्मपत्नी एवम् एमाले नेतृ जुली कुमारी महतो पनि सांसद छिन् ।

अहिले जनताले सांसद महासेठलाई मन्त्रीको रुपमा हेर्न चाहेका छन् । यसअघि सिँचाई मन्त्री भैसकेका सांसद महासेठ विकासप्रेमी नेता हुन् । उनी मधेशी जनतालाई सम्पन्न र सिँगो मुलुकलाई समृद्ध बनाउनुपर्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्