Logo

आर्थिक एजेण्डामा केन्द्रित हुन सभापति धमलाको निर्देशन



रिपोर्टर्स क्लब नेपाल २ नम्बर प्रदेशमा २३ सदस्यीय समिति गठन
जनकपुर, २३ फागुन । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर २ को बृहत्त भेला आज सम्पन्न भएको छ ।

क्लबका केन्द्रिय सभापति ऋषि धमलाले मुलुक संघीय संरचनामा गैसकेकोले अब मिडियाले पनि सोही अनुसार आफ्नो गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । धमलाले प्रदेश सभालाई बलियो बनाउनको लागि मिडियाले अब आर्थिक एजेण्डालाई उठान गर्नुपर्ने बताए ।

धमलाले भने,‘समृद्धिशाली प्रदेश निर्माणको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्छ, विकासमुखी पत्रकारिता हुनुपर्छ, अब विकृति र विसंगतीको अन्त्य गर्नुपर्छ, भ्रष्टाचार शुन्य सहनशिलतामा झार्नुपर्छ, क्लबले पनि अब आफूलाई यही अनुसार प्रस्तुत गर्नुपर्छ।’

त्यस्तै उनले प्रदेश नम्बर २ रिपोर्टर्स क्लब नेपाललाई सशक्त र व्यापक बनाउने योजनासहित काम गर्नेतिर लाग्नुपर्ने धारणा राखे । २ नम्बर प्रदेशमा रहेका ८ वटै जिल्लाका क्लब शाखाहरुले आफ्नो गतिविधिलाई अब आर्थिक समृद्धिको एजेण्डा बनाउनुपर्ने उनले सुझाए ।

प्रदेश नं २ का सबै जिल्लालाई समेटने र प्रभावकारी बनाउनेगरि बख्तियार अलिको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सदस्यमा प्रदेश नं २ का कोषाध्यक्ष अभिमनुकुमार पटेल, पर्साका कन्हैया गुप्ता, बाराका सफिर मन्सर, महोतरीका सुरेश महतो, धनुषाका गणेश राय र सिरहाका गणेश साह लगायत रहेका छन ।

त्यस्तै आजको भेलाले प्रदेश समितिको बैठक हरेक महिनामा एकपटक कम्तीमा बस्ने पर्ने र प्रत्येक जिल्लाले महिनामा कम्तीमा ४ वटा कार्यक्रम अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ।

त्यस्तै जिल्ला कमिटीहरूको बढीमा ३ महिनाभित्र पुर्नगठन गर्ने निर्णय पनि गरिएको पटेलले जानकारी दिए । प्रदेश समिति र सबै जिल्ला समितिलाई आवश्यकपर्ने कागजपत्र केन्द्रीय कार्यालय तत्काल उपलब्ध गराउने र जिल्ला समन्वय समितिसँग समन्वय गरि जिल्ला समिति लाई सक्रिय बनाउने पनि भेलाले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्