Logo

अष्टलक्ष्मी शाक्यले विद्याको पक्षमा मत नदिने !



काठमाडौं, २३ फागुन । राष्ट्रपतिको निर्वाचनका लागि वाम गठबन्धनको तर्फबाटठ वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उहाँले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

रोचक त के भने उनको पक्षमा एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मत नदिने मनशाय बनाएको स्रोतको दाबी छ । राष्ट्रपतिको उम्मेद्धवार बनाउने हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकमा समेत उनले भण्डारीलाई उम्मेद्धवार बनाउन नहुने कडा अडान राखेकी थिईन् ।

मंगलबार साँझ बसेको एमाले स्थायी समितिको बैठकमा अष्टलक्ष्मी शाक्य, सुभाषचन्द्र नेम्वाङ र झलनाथ खनालको पक्षमा समेत व्यापक आवाज उठेपछि मध्यरातसम्म बैठक लम्विएको स्रातको दाबी छ । बैठकमा सबैभन्दा कडा रुपमा शाक्य नै प्रस्तुत भएकी थिईन् । उनले वर्तमान राष्ट्रपति भण्डारीले गुटको राजनीति गरेको आरोप लगाएकी थिईन् । उनले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भण्डारीलाई पूनः दोहोर्याउनुपर्ने कारण के हो त ? भनेर प्रश्न गरेकी थिईन् ।

तर उनको कुरा ओलीले सुनेन् । शाक्यसँगै उपमहासचिव घनश्याम भुषालले पनि भण्डारीलाई उम्मेद्धवार बनाउन नहुने धारणा राखेका थिए । उनले बरु शाक्यलाई नै उम्मेद्धवार बनाएर राम्रो हुने तर्क गरेका थिए । स्रोतका अनुसार सचिव योगेश भट्टराईले पनि महिला नै चाहिएको हो भने बरु शाक्यलाई नै बनाउन सुझाएका थिए ।

अन्तमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल लगायतका ओलीपक्षीय नेताहरुको विशेष पहलमा भण्डारीलाई नै फेरि अर्काे कार्यकालको लागि राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेको राष्ट्रपतिमा भण्डारीले उम्मेद्धवारी दिएसँगै उनी पूनः आगामी पाँच वर्षका लागि पुनः राष्ट्रप्रमुखको भूमिकामा रहने निश्चित छ।

उनलाई राष्ट्रपति बनाउन निर्णय गर्दा बरिष्ठ नेता माधव कुमार नेपाल मौन बसे । उनीसँगै उपाध्यक्ष वामदेव गौतम पनि मौन नै बसे । यसले पनि के देखाउँछ भने नेता नेपाल र उपाध्यक्ष गौतमले पनि भित्री रुपमा भण्डारीलाई नै दोहोर्याउन चाहेका थिए । यो सँगै राष्ट्रपतिमा उम्मेद्धवारी दिने मनशाय बनाएका बरिष्ठ नेता झलनाथ खनाललाई आफू पक्षका नेताहरुबाटै सहयोग र समर्थन भएनन् । उनको पक्षमा खुलेरै कोही पनि बोलेनन् ।

भण्डारीलाई उम्मेद्धवारी बनाउनुपुर्व शाक्यले चेतावनी नै दिएकी थिईन । उनको भनाई थियो ,‘यसपटक संसदीय दलको नेताको निर्वाचनमा मलाई हराउन विद्या नै खुलेरै लागिन् । तपाईलाई विद्यादेवी भण्डारी नै प्यारो किन छ अध्यक्षज्यू ? सूत्रहरुले बताए अनुसार कडा रुपमा विद्याको विपक्षमा उनले आफ्नो आक्रोश पोखिन् । विद्यालाई दोहोर्याउने हो भने आफूले मत नदिने समेतको आलोचना छ ।

त्यस्तै बेठकमा यो पाँच वर्षे कार्यकाल सम्पन्न भएपछि पनि उनी पूनः सक्रिय राजनीतिमा फर्किने सम्भावना रहेकोबारे नेता भट्टराई र भुषालले नेताहरुको ध्यानाकार्षण गराएका थिए । स्रोतले एक नेताको भनाई उद्धृत गर्दै भन्यो,‘अध्यक्षज्यू, उहाँ (भणडारी) ज्यू ६० वर्ष हुँदा पनि, सक्रिय राजनीति पनि आउन सक्नुहुन्छ, यो कुरा तपाईले सोच्नुभएको छ ?’

भट्टराई र भुषालसँगै अर्का सचिव भीम आचार्यले पनि भण्डारीको विरोधमा मनको बह पोखे । उनले पनि आफूलाई प्रदेशको मुख्यमन्त्री बन्न नदिने भण्डारीले नै सक्रिय भुमिका निर्वाह गरेको गुनासो पोखेका थिए । उनले भने,‘उहाँकै निर्देशनमा मलाई हराएको हो । हराउनुपर्ने कारण के हो ? यो त गुटको राजनीतिक भएन र ? शेरधनलाई बनाउन उनले सक्रिय भूमिका खेलिन् ।’

हिजाको बैठकमा एमाले नेताहरुबीच चर्काचर्कीमात्रै होईन झण्डै हात हालाहालको अवस्था सिर्जना भएको एक नेताले जनाए ।



प्रतिक्रिया दिनुहोस्