Logo

सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रधानमन्त्री ओली



काठमाडौँ, २३ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताउनुभएको छ ।

वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताउनुभयो । “सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

वाग्मती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताउँदै उहाँले वाग्मती सफाइसँगै यसलाई फोहर हुन नदिने विषयमा पनि जनचेतना जागृत गराउनुपर्ने बताउनुभयो ।

अभियन्ताले विसं २०७५ लाई नेपाल सफाइ वर्ष घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिनुभयो ।

वाग्मती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वाग्मती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्