Logo

राजपा र फोरम सरकारमा सहभागि हुने अन्तिम कसरतमा, यि हुन मन्त्री बन्नेहरु



फागुन २४, काठमाण्डौ । केपी नेतृत्वको सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अन्तिम प्रयासमा छन् ।

फोरमले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई फुल मन्त्रालय र अरु केही राज्यमन्त्री लिएर सरकारमा जाने तयारी गरेको छ ।

फोरमबाट सरसारमा जानका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित रेणु यादव र हरिनारायण रौनियाले इच्छा देखाएका छन् ।

त्यसैगरी राजपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुङ्गो लागेको छैन । अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महताको नेतृत्वमा सरकारमा सहभागि हुने विषयमा छलफल भइरहेको छ ।

राजपाबाट सरकारमा सहभागि हुन राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारी लगायतले ईच्छा व्यक्त गरेका छन् । यद्यपी महतो, यादव र भण्डारीको सम्भावना बढि छ ।

राजपालाई तीन फूल मन्त्रालयसहित अन्य केही राज्यमन्त्री पनि दिन लागिएको बताइएको छ ।

यद्यपी चारवटा दलको सरकार हुने भएपछि मन्त्रालय संख्या मिलाउन हम्मेहम्मे परेको छ ।



प्रतिक्रिया दिनुहोस्