Logo

चमत्कार रुपमा महिला प्रधानमन्त्री बन्छन् : झाँक्री



काठमाडौं, २४ फागुन । नेकपा एमालेकी नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले अहिलेपनि ६० देखि ६५ प्रतिशत महिलाहरु कृषिमा आफ्नो जीवन निर्वाह गरिरहेको अवस्था सुनाईन् । यद्धपी उनले दक्षिण एशियाली राष्ट्रहरुको तुलनामा नेपालका महिलाहरुको अवस्था राम्रो भएको दाबी गरिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आधारभुत रुपमा पनि नेपाली महिलाहरु राजनीतिक आन्दोलन र समतामुलक र न्यायमूलक समाज निर्माणको लागि लागेकोले यो संभव भएको सुनाईन् । उनले भनिन्,‘हामी महिलाहरुमा चेतना धेरै छ, हामीसँग काम गर्नसक्ने क्षमता छ, महिलाहरु प्रधानमन्त्री बन्न सक्नुहुन्छ।’

आफूहरु निर्णायक अवस्थामा नभएकोले अहिले मुलुकको कार्यकारी पदमा पुग्न नसकेपनि मुलुकको पछिल्लो राजनीतिक अवस्थाले महिला पनि प्रधानमन्त्री चाँडै बन्न सक्ने उनको तर्क थियो । उनले भनिन्,‘चमत्कारी रुपमा महिला प्रधानमन्त्री बन्नुहुन्छ, तपाईहरु हेर्दै जानुहोला।’



प्रतिक्रिया दिनुहोस्