Logo

भुवनको खोजीमा प्रहरी, कारण यस्तो छ



काठमाडौं, २४ फागुन । चर्चित अभिनेता भुवन केसीलाई अहिले प्रहरीले व्यापक खोजीरहेको बुझिएको छ । ‘उकालीमा अघि अघि‘ओरालीमा पछि–पछि’ बोलको गीत चोरी गरेको आरोपमा भुवन प्रहरी कार्यालय पुग्नु परेको छ ।

निर्माता/निर्देशक शम्भु प्रधानसँग उनको ठूलो विवाद परेको छ । भुवनलाई एकल नायकको रुपमा स्थापित् गराउने चलचित्र ‘सम्झना’ हो । जसको निर्देशक थिए शम्भु प्रधान ।

आज तिनै निर्देशक शम्भुले निर्देशन गरेको र आफैंले खेलेको ‘सम्झना’ को ‘उकालीमा अघि अघि‘ओरालीमा पछि–पछि’ बोलको गीत चोरी गरेको आरोपमा भुवन प्रहरी कार्यालय पुग्नु परेको छ ।

नेपालकै स्थापित कलाकार भएकाले प्रहरीले मुद्दा मिलाउन भित्रभित्रै छलफल चलाएको स्रोतको दाबी छ । शम्भुले भुवनविरुद्ध प्रहरीमा उजुरी हालेपछि प्रहरीले अहिले भुवनलाई व्यापक खोजि गरिरहेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्