Logo

ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालले मनायो अन्तर्रा्ष्ट्रिय नारी दिवस



काठमाडौं, २४ फागुन । अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा रहेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले आज एक समारोहको आयोजना गरि मनाएको छ ।

नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालको बिभिन्न बिभागमा कार्यरत रही बिशिष्ट योगदान पुर्याएका महिला कर्मचारीहरुलाई समेत आज सम्मान गरिएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले पछिल्लो समय शिक्षामा पहुँच बढेसँगै महिलाहरु आत्मनिर्भर बन्दै गैरहेपनि अझै बहुसंख्यक महिलाले सिप र स्वआर्जनको अवसर पाउन नसकेको बताईन् ।

उनले संविधानमा नै महिला हकहितको सुनिश्चितता भएको र अबका दिनमा महिला सशक्तिकरण एवम् लैङ्गिक समानता हिसाबले सहज हुने अपेक्षा राखिन् ।

यस बर्ष मनाइंदै गरिएको १ सय ८ औँ अन्तराष्ट्रिय नारी दिवसको नारा भने “मानवताका लागि महिला सशक्तिकरण व्यबहारमा उतारौं” लैंगिकमैत्री संबिधान, महिला हिंसाको निदान । ’’ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्