Logo

एभरेष्ट आमन्त्रण भ्याली तेक्वान्दोमा मनमैजु टिम च्याम्पियन



काठमाडौं, २५ फागुन । प्रथम एभरेष्ट आमन्त्रण भ्याली च्याम्पियनसिप तेक्वान्दोमा मनमैजु डोजाङ टिम च्याम्पियन बनेको छ । एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाको आयोजनामा भैसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा भएको एक दिने प्रतियोगितामा मनमैजु डोजाङ ७ स्वर्ण ३ रजत र ५ काश्यसहित टिम च्याम्पियन बनेको हो ।
त्यस्तै ६ स्वर्ण ४ रजत र ७ काश्य जितेको चुनीदेवी डोजाङ टिम द्धितिय तथा ४ स्वर्ण ५ रजत र ३ काश्य जितेको माइती नेपाल टिम तृतिय भयो ।टिम च्याम्पियन बनेको मनमैजुले २० हजार पुरस्कार पायो भने दोस्रो भएको चुनीदेवीले १५ हजार तथा तेस्रो भएको माइती नेपालले १० हजार रुपैयाँ पुरस्कार पाए ।
एकदिने प्रतियोगिता जुनियरतर्फ छात्र र छात्राको १०÷१० बिधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा महिलातर्फ ४० र पुरुषतर्फ ६२ खेलाडी सहभागी थिए ।
जुनियर छात्रतर्फ मनमैजूका राजेश खत्री र सिनियरतर्फ माइती नेपालका अर्जुन थापा उत्कृष्ट फाइटर बने । त्यस्तै छात्राको जुनियरतर्फ ईसीडीसीकी पुष्पा बादी र सिनियरतर्फ चुनिदेवीकी कविता मोक्तान उत्कृष्ट फाइटर बने ।
प्रतियोगिताको पुरुषतर्फ २० केजीमूनि मनमैजुका अनुप तामाङले स्वर्ण जित्दा ईसीडीसी डोजाङका प्रशन्न बिकले राजत जिते । त्यस्तै २४ केजी मूनिमा चुनिदेवीका प्रितम ठाकुरलाई हराउँदै ईसीडीसीका दीपक बादी पहिलो भए ।
२८ केजीमूनिमा मनमैजुका राजेश खत्रीले स्वर्ण जिते भने ३२ केजीमूनिमा पनि मनमैजुकै सुवास तिमल्सिना पहिलो भए । २८ केजीमा चुनीदेवीका बिराज कार्की र ३२ केजीमा न्यू जावलाखेलका सञ्जीव लामाले रजत जिते ।
३६केजी मूनि स्पर्धामा चुनीदेवीका कर्मा नोर्बु शेर्पाले स्वर्ण जित्दा आयोजक ए टिमका शिव रानाले रजतमा चित्त बुझाए । छात्र ४० केजीमूनि स्पर्धामा मनमैजुका सुजल कटुवारले स्वर्ण जित्दा चुनीदेवीका सुरज घिसिङले रजतमा चित्त बुझाए ।
४४ केजीमूनि स्पर्धामा चुनीदेवीका बिशाल जिरेलले स्वर्ण जित्दा मनमैजुका रोविन सिंह ठकुरी फाइनलमा पराजित भए । माइती नेपालका गौरव तामाङलाई हराउँदै चुनीदेवीका प्रज्वल तामाङ ४८ केजीमूनिको स्पर्धामा पहिलो भए ।
पुरुष ५२ केजीमूनिमा माइती नेपालका अर्जुन थापाले मनमैजुका सुजन मोक्तानलाई हराउँदै स्वर्ण जिते । ५६केजीमूनि तौलसमूहमा मनमैजुका रविन रुम्बाले स्वर्ण जित्दा माइती नेपालका करण विकले रजतमा चित्त बुझाए ।
यता छात्रातर्फ २० केजीमूनि आयोजक ए टिमकी मेलिना थामीले आयोजक बी टिमकी झरना बुढाथोकीलाई हराउँदै उपाधि जितिन् । त्यस्तै २४ केजीमूनिमा ईसीडीसीकी पुष्पा बादीले स्वर्ण जित्दा आयोजक बी टिमकी योगिता सुतामीले रजत जितिन् ।
छात्रा २८ केजी मूनि मनमैजुकी दिया रजकले ईसीडीसीकी विनुतामाङलाई हराउँदै स्वर्ण जितिन् । ३२ केजीमा माइती नेपालकी सञ्जीता कार्कीले स्वर्ण जितिन् । यस स्पर्धामा ईसीडीसीकीसरिता जैसीले रजत जितिन्।
३६ केजीमूनि स्पर्धामा माइती नेपालकी ललिता तामाङलाई हराउँदै चुनीदेवीकी दिक्षा घर्तीमगरले स्वर्ण जितिन् भने ४० केजी मूनिमा मनमैजुकी पुर्णिमा महर्जनले फाइनलमा माइती नेपालकी अम्बिका कटुवाललाई पराजित गरिन् ।
त्यस्तै ४४ केजीमूनितर्फ चुनीदेवीकी कविता मोक्तानले न्याम्स एकेडेमीकी विपना गिरीलाई हराउँदै स्वर्ण जितिन् । ४८ केजीमूनिको स्पर्धामाा माइती नेपालकी सृजना माझीले स्वर्ण जित्दा मनमैजुकी ज्योति तामाङले रजतमा चित्त बुझाइन् ।
५२ केजीमूनि चुनीदेवीकी आश्मा सुनुवारले मनमैजुकी रशिला तामाङलाई हराउँदै स्वर्ण जितिन् भने ५६ केजीमूनि चुनीदेवीकी छिरिङ गोलेले स्वण जित्दा माइती नेपालकी सविना श्रेष्ठले रजत जितिन् ।
 प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रकी नेतृ तथा सांसद पम्फा भुसालले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्