Logo

समानुपातिक समाज निमार्णमा लागौं : सुचना आयुक्त



सरिता राई, भोजपुर, २५ फागुन । समानुपातिक समाज निमार्णमा लाग्नुुपर्र्नेे राष्ट्रिय सुचना आयोगका आयुक्त यसोधा तिमल्सीनाले बताउनु भएको छ ।

भोजपुर सदरमुकाममा सम्पन्न १०८ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रमलाई प्रमुख अतिथीको आशनबाट सम्बोधन गर्नुहुदैं उहाँले यस्तो बताउनुभएको हो । नारी पुरुष मिलेर समानुपातिक समाज निमार्ण गर्न सकेमा दिवश मनाइराख्न नपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले घरपरिवार राम्रो भयो भने देश विकास हुने भन्दै लोकतन्त्र सुद्धृढ र दिगो बनाउन कुनै पनि विषयवस्तुलाई सही र गलत छुटाउन सक्नुपर्ने दाबी गर्नुभयो ।

आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जिवनस्तर रुपान्तरण भन्ने मुल नाराका साथ बिहिबार विभिन्न झाँकी सहित मञ्चको कार्यक्रम गरिएको थियोे ।



प्रतिक्रिया दिनुहोस्