Logo

प्रधानमन्त्रीको विश्वासको मत भोलि



काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि फागुन २७ गते दिनको १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्