Logo

कांग्रेसबाहेक सबै दलले प्रधानमन्त्री ओलीलाई मत दिने, दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै ओली



फागुन २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये दुई तिहाई सासंद ओलीका पक्षमा देखिएका छन् ।
कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।

ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरु छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विपक्षमा छ भने नेमकिपा र नयाँ शक्तिले निर्णय गरिसकेका छैनन् ।

नयाँ शक्ति । नेमकिपाले पनि ओलीलाई नै मत दिने सम्भावना बढि रहेको बताइएको छ ।
संसदमा नेपाली कांग्रेस मात्रै प्रतिपक्ष बन्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्