Logo

फोरम सरकारमा आउँछ, राजपाको टुङ्गो छैन : पुन



फागुन २७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारको तयारी गरिरहेको बताएका छन् ।

नेपाली रेडियो नेटर्वकको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पुनले संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागि गराउने प्रयास भइरहेकाले केही ढिला भएको बताए ।

राष्ट्रपतिको निर्वाचन लगत्तै सरकार विस्तार हुने उनको भनाई छ । मन्त्रालय भागबण्डाको विवादले सरकार विस्तारमा ढिलो नभएको उनले दाबी गरे ।

“मन्त्रालय भागबण्डा टुङ्एिको छ । अब सरकारमा सहभागि हुने दलहरुको टुङ्गो लागेपछि एकसाथ विस्तार गरेर मन्त्रीमण्डललाई पूर्णता दिन्छौँ ।” पुनले भने ।

पहिलो चरणमा फोरमलाई सरकारमा सहभागि गराउने भन्दै उनले सहमति भएमा राजपालाई पनि सरकारमा ल्याउने उनले बताए ।

राजपासँग सरकामा सहभागि हुने तहसम्म छलफल नपुगेको पुनले बताएका छन् । राजपाले प्रधानमन्त्री ओली र राष्ट्रपतिमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गर्ने भनेकाले सरकारमा जाने बाटो पनि खुल्ने बताए ।

आफूलाई जनताले मत दिएकाले मन्त्रीका लागि दाबेदार भए पनि पार्टीले जे निर्णय गर्छ त्यसलाई मान्ने पुनले बताए ।



प्रतिक्रिया दिनुहोस्