Logo

मुद्दाको सुनुवाईका लागि कान्तिपुर टोली सर्वोच्चमा, सुरक्षा व्यवस्था कडा



फागुन २७, काठमाण्डौ । अदालतको अवहेलना सम्बन्धी मुद्दाको सुनुवाइका लागि आइतवार कान्तिपुर टोली सर्वोच्च अदातल पुगेको छ ।

कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीबिरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विवाद सम्बन्धी समाचार लेखेपछि कान्तिपुर विरुद्ध अवहेलनाको मुद्दा चलाईएको हो ।

यस मुद्दामा प्रधानन्यायाधीश पराजुली आफै सुनुवाईमा बसेका छन् । पराजुलीको नेतृत्वमा ७ सदस्यीय बृहत पूर्ण इजलासमा सुनुवाई हुँदैछ ।

सुनुवाईका क्रममा सर्वोच्च अदालत जान चाहनेलाई भने प्रवेश दिइएको छैन । सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।



प्रतिक्रिया दिनुहोस्