Logo

गोलढुङ्गा अर्किड एकेडेमीले मनायो वार्षिकोत्सव, धीरज राई सम्मानित, विद्यार्थीलाई पुरस्कार वितरण



फागुन २७, काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका बडा न ४ मा अवस्थित गोलढुङ्गा अर्किड एकेडेमीले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

शनिवार विशेष कार्यक्रमको आयोजना गरी एकेडेमीले वार्षिकोत्सवसहित अभिभावक दिवस र पुरस्कार वितरण कार्यक्रम मनाएको छ ।

दिवसका अवसरमा एकेडेमीले पप गायक तथा गौतम वुद्ध नेपालमा जन्मिएका हुन् भनेर विश्वभर प्रचार अभियानमा लागेका धीरज राईलाई विशेष सम्मान गरेको थियो ।

वुद्ध नेपालमा जन्मिएका हुन भन्ने भ्रम कतिपय देशमा अझै रहेकाले यसलाई चिर्नका लागि राईले खेलेको महत्वपूर्ण भूमिकाबाट प्रभावित भएर कदरपत्रसहित नगद सम्मान प्रदान गरिएको एकेडेमीका प्रिन्सिपल झनकराज शर्माले बताए ।

सोही अवसरमा राईले आफ्नो सांगितिक प्रस्तुति दिनुका साथै वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रचार अभियानका बारेमा पनि जानकारी गराएका थिए ।

विद्यालयले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै राईले थप जिम्मेवारी महसुश गरेको बताए ।

राईसँगै अर्का गायक विरेन मालाकारले पनि गित प्रस्तुत गरेर अभिभावक तथा विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालय आवद्ध स्रोत केन्द्रका स्रोतव्यक्ति रामेश्वर पौडेलले विद्यालयको व्यवस्थापकीय पक्ष उत्कृष्ट रहेको भन्दै कक्षा एघार संचालनका लागि अनुमति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रिन्सिपल शर्माको व्यवस्थापकी क्षमताबाट आफ प्रभावित भएको भन्दै उनले स्रोतकेन्द्रबाट विद्यालयका लागि आवश्यक जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त, समवुद्व पुरुष, नेपाल ओशोधार इन्टरनेशनलका भाइस प्रिसिडेन्ट, आचार्य श्री विभूषित बासुदेव लामिछानेले छोटो अवधिमै विद्यालयले उल्लेखनीय प्रगति गरेकोमा बधाई दिदै शुभकामना व्यक्त गरेका थिए ।

अतिथीका रुपमा सहभागि शुभकामना इङ्लििस बोर्डिङका प्रिन्सिपल शिवहरी लामिछानेले पनि गोलढुङ्गा अर्किड एकेडेमी त्यस क्षेत्रको अग्रणी विद्यालयको रुपमा स्थापित भएको भन्दै शुभकामना दिए । विद्यालयको शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलाप उत्कृष्ट रहेको भन्दै विद्यालयप्रति कुनै पनि कुरामा शंका नगर्न लामिछानेले अभिभावकहरुलाई आग्रहसमेत गरे ।

त्यस्तै अभिभावक पदम विष्टले पनि विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनमा कुनै कन्जुस्याई नगरेकोमा धन्यवाद दिदै अभिभावकले पनि आफ्ना सन्तानको शिक्षामा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकेडेमीका प्रिन्सिपल झनकराज शर्माले विद्यालयको सफलतामा विद्यार्थी, अभिभावक शिक्षकवर्गको महत्वपूर्ण योगदान रहेको बताए । ९ वर्षको अवधिमा विद्यालयले पार गरेका सुख–दुःख सुनाउँदै आगामी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि आफू प्रतिवद्ध रहेको शर्माले बताए ।


आगामी दिनमा पनि अभिभावकलगायत सबै पक्षको सुझाबलाई मनन गर्दै शैक्षिक गुणस्तरवृद्धिमा ध्यान दिने प्रतिवद्धता शर्माले व्यक्त गरे ।
दिवसका अवसरमा विद्यार्थीहरुले सांगितिक र साहित्यिक प्रस्तुति पस्केका थिए । त्यसैगरी खेलकुदअन्तरगत फुटबल र कराँते तथा योगासम्बन्धी रोचक प्रस्तुतिले कार्यक्रमलाई भव्य बनाएको थियो ।


त्यसैगरी खेल सप्ताहमा संचालन गरिएको विभिन्न खेलकूद प्रतियोगितामा विजयी विद्यार्थी तथा अभिभावकलाई पुरस्कार वितरण पनि दिवसकै अवसरमा गरियो ।



प्रतिक्रिया दिनुहोस्