Logo

गृहमन्त्रीले पत्रकारसँग मागे राजश्व छल्ने उद्योगी-व्यवसायीको सुचना



फागुन २७, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले नेपाली अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा भएको बताएका छन् ।

गृहमन्त्री थापाले मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरुले नियन्त्रणमा लिएको आरोप लगाए । मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छ,’ भ्रष्टको सामाज्य छ, अब यसको अन्त्य गर्नु छ ।’

उद्योगी व्यवसायीहरुले ठूलो मात्रामा राजश्व छल्ने गरेको भन्दै मन्त्री बादलले त्यस्ता सूचना उपलब्ध गराउन पत्रकारलाई आग्रह गरेका थिए ।

अर्काे फरक प्रशंगमा गृहमन्त्री बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले मुलुकमा विधिको शासन कायम गर्ने भन्दै कुनै पनि गलत क्रियाकलाप र गतिविधिको अन्त्य गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्