Logo

मुख्यमन्त्री पोखरेलले विकासका योजना सुनाए, विश्वासको मत पाए



फागुन २७, काठमाण्डौ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १८ मत परेको थियो । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वसको मत मागेका थिए ।

संसद बैठकमा उनले चिनीयाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।

पूर्ब–पश्चिम रेल प्रदेशमा डीपीआर अन्तिम चरणमा सबै क्षेत्रमा एकैपटक काम हुनुपर्ने भन्दै उनले रामग्रादेखि तिलौराकोटसम्म मोनोरेलको सम्भावनाको चर्चा गरेका हुन् ।

यस्तै बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउने बताएका छन् ।

दाङमा राजधानी बनाउने एजेण्डासहित चुनाव प्रचार गरेका मुख्यमन्त्री पोखरेलले विश्वासको मत माग्दै संसदमा भने(ँसबैलाई पायक पर्ने गरी राजधानी बनाउनुपर्ने र सहमतिका आधारमा सफलतापूर्वक समाधान गर्नुपर्नेछ ।’

सबैलाई पायक पर्ने गरी प्रदेशसभाबाट राजधानीको एजेण्डाको टंगो लगाउने उनको भनाइ थियो ।

यस्तै सम्बोधनका क्रममा मुख्यम मन्त्री पोखरेलले आवश्यकता अनुसार संरचना नहुँदा काम गर्न कठिन भएको गुनासो समेत गरेका छन् ।

पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश ५ मा धेरै किसिमको बिबिधता रहेको भन्दै उनले सबै जिल्लाहरुको मानव बिकास सूचकांक बराबरस्थितिमा र्पुयाउने बताए ।

यस्तै साक्षरता, गरीबी, औषत आयु प्रदेशका सबै जिल्लामा समान बनाउने मुख्यमन्त्री पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्