Logo

राष्ट्रिय सरकार बनोस्, हामी ओलीलाई विश्वासको मत दिन सक्दैनौँ : गच्छादार



फागुन २७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

संसदमा सम्बोधन गर्दै नेता गच्छादारले प्रधानमन्त्री ओलीले सबै दल मिलेर देश निर्माण गरौँ भन्नु सकारात्मक भए पनि संसदमा प्रतिपक्षी दलको आवश्यकता रहने भएकाले आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने स्पष्ट पारे ।

“प्रधानमन्त्रीले विकासको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मिलेर देश विकास गरौँ भन्नुभएको छ । यो सकारात्मक हो । तर प्रतिपक्षी दलबिनाको संसदको कल्पना गर्न सकिदैन ।” उनले भने ।

प्रतिपक्षले पनि विश्वासका मत दिनुपर्छ भन्नुलाई सकारात्मक रुपमा लिएका गच्छादारले प्रतिपक्ष विना संसदको कल्पना गर्न नसकिने बताए ।

“अरु दलरुसँग छलफल गर्नुभएको छ । मधेशवादी दलसँग छलफल भइरहेको छ, शुभकामना छ राष्ट्रिय सरकार बनोस् ।” गच्छादारले भने ।

कांग्रेसले गुण र दोषको आधारमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा व्यक्त गरेका योजना कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयमा कांग्रेसले वाच डगको रुपमा हेर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्