Logo

प्रधानमन्त्री ओलीलाई २०८ सहित दुईतिहाइ मत, कांग्रेस विपक्षमा  



काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमतसहित विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा प्रधानमन्त्रीले २०८ मत पाए ।

प्रधानमन्त्रीको पक्षमा वाम गठबन्धनका एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसद छक्कबहादुर लामाले मत दिए ।

ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् । एक सांसद रहेको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देशबाहिर रहेकाले उपस्थित हुन सकेनन् ।

संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

फागुन ३ गते ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

तस्बिरः रत्न ७नतसेष्ठ, रासस



प्रतिक्रिया दिनुहोस्