Logo

यसकारण प्रधानमन्त्रीले स्वकीय सचिवमा बज्राचार्यलाई रोजे



काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वकीय सचिवालयमा लामो समयदेखि साथमा रहेर सहयोग गर्दै आएका राजेश बज्राचार्यलाई  स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार बज्राचार्यलाई उक्त जिम्मेवारी दिएका हुन । त्यस्तै स्वकीय उपसचिवमा रामशरण बजगाई र दिपेन्द्रप्रसाद दाहाललाई नियुक्त गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिवमा नियुक्त बज्राचार्य प्रधानमन्त्री ओलीकै साथमा रहनुपर्ने र सवै समयको ब्यवस्थापन मिलाउनुपर्ने भएकोले उनलाई सहयोग पुर्याउनको लागि सहयोगी पनि नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बज्राचार्यलाई नै छान्नुको केही विशेष कारण छ । उनी ओलीका विश्वासपात्र र सहयोगी हुन् । पछिल्लो समय बज्राचार्यले ओलीको स्वास्थ्यमा पनि विशेष ध्यान दिँदै आएका छन् । उनकै कारण ओलीको हेल्थमा सुधार आएको हो । ओली निकट उच्च स्रोतले भन्यो,“उहाँ राजेशजी अध्यक्षज्यूको हेल्थमा सबैभन्दा बढि केयर गर्ने व्यक्ति हुनुहुन्छ, करिब १० वर्षदेखि सँगै हुनुहुन्छ, ईमानदार र विश्वासिलो व्यक्ति भएकोले नै उहाँलाई प्रधानमन्त्रीले विशेष भूमिका दिनुभएको हो।”

बज्राचार्य सबैलाई मिलाउन सक्ने गुण भएको व्यक्ति हुन् । उनी पार्टीभित्रैपनि आफ्ना नेताहरुलाई अध्यक्ष ओलीसँग कुराकानी गराउन सिरियश भएर लाग्ने व्यक्ति हुन् । उनलाई पार्टीभित्र सबैले विश्वास गरेका छन् । उनको सबैभन्दा राम्रो पक्ष भनेको राजनीतिक व्यवस्थापनमा कुशलता प्रर्दशन हो ।

त्यसैले होला, उनलाई प्रधानमन्त्री ओलीले सुरुवातमै नियुक्त गरे । बज्राचार्य ओलीको स्पिरिट बुझेका व्यक्ति हुन् ।

प्रधानमन्त्री बन्नुअघि पनि अध्यक्ष ओलीले आफ्नो प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्यलाई नै जिम्मेवारी दिँदै आएका थिए । बज्राचार्य स्वकीय सचिवका रुपमा कार्यरत रहेका थिए । उनको काम गर्ने शैली र सहयोगी भुमिकाका कारण पनि ओलीले त्यतिवेला प्रमुख स्वकीय सचिवमा बढुवा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्