Logo

मन्त्री मात्रृका यादवले दिए कसैलाई छुट नदिने कडा चेतावनी (भिडियोसहित)



फागुन २८, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने स्पष्ट पारेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले राम्रै मान्छे भए पनि बदनाम भइसकेपछि अब खड्का योग्य हुन नसक्ने बताए ।

“जनता र देशको नजरमा गिरिसकेको मान्छेले अर्कै किसिमले प्रस्तुत गर्नुपर्छ ।” यादवले भने ।

मन्त्री यादवले अहिलेको सरकारले देश र जनताप्रति प्रतिवद्ध भएर काम गर्नुको विकल्प नभएको बताए ।

कमिसनतन्त्र, भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा आफु लाग्ने उनको भनाई छ ।
“राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट हुँदैन । पहिलाको जस्तो समय अहिलेको होइन ।” यादवले भने ।



प्रतिक्रिया दिनुहोस्