न्युयोर्क, २८ फागुन: अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको ज्यान गएको समाचार छ ।
सो दुर्घटनामा परी अरु तीन जना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्य मात्र घाइते भएका बताइएको छ ।
उक्त सानो हेलिकोप्टरमा पाइलटसहित छ जना मात्र सवार रहेका थिए । हेलिकोप्टर न्युयोर्कको पूर्वतर्फको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
निजी कम्पनीको हेलिकोप्टरलाई केही व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ । तर यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन । प्रहरीले यस हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । (रासस/सिन्ह्वा)