Logo

राष्ट्रियसभा अध्यक्षमा तिमल्सिनाको उम्मेदवारी दर्ता



काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई छन् भने प्रस्तावकमा माओवादी केन्द्रका दिनानाथ शर्मा र सुमनराज प्याकुरेल छन् ।

पर्वतका तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । एमाले एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्