Logo

न्यायाधीश राणाले प्रधानन्यायाधीशको बेन्च बहिष्कार गरे



काठमाडाैं, २८ फागुन । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गरेका छन् ।  डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुुरु भएको हो ।

सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिष्कारको घोषणा गरेका हुन । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गरेका हुन् ।

कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीकै नेतृत्वमा बनेको बृहत पूर्ण इजलाशका एक सदस्य न्यायाधीश राणाले अवकाश भइसक्नुपर्ने व्यक्तिसँग बसेर न्यायसम्पादन गर्न मिल्दैन भन्दै फरक मत प्रस्तुत गरेपछि आजको इजलास स्थगित भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् ।

डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिष्कारको घोषणा गरेका हुन ।

 



प्रतिक्रिया दिनुहोस्