Logo

यूएस बंगलाको विमान दुर्घटनामा ३६ को मृत्यु, मृतकको संख्या अझै बढ्ने



फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेका थिए ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् ।

विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्