Logo

दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री घटनास्थलमा, घाइतेको उपचार सरकारले गर्ने



फागुन २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताए ।

उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए ।

घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले सुनाए । विमान दुर्घटनामा परेका ३० यात्रुहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्याइएको छ ।

अस्पताल लगिएकामध्ये ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । बाँकी २२ जनाको उपचार भइरहेको छ ।
अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।



प्रतिक्रिया दिनुहोस्