Logo

UPDATES : विमान दुर्घटनमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २२ उपचारर्थ



फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । २२ उपचारर्थ छन् ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ ।

उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए । युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका ट्राभल एजेन्सीका कर्मचारीहरु थिए ।



प्रतिक्रिया दिनुहोस्