Logo

महिला हिंसा अन्त्यको लागि सरकार गम्भिर नबनेको आरोप



काठमाडौं, २८ फागुन । राष्ट्रिय महिला शक्तिले महिलाहरुमाथि भईरहेका हिँसा अन्त्यको लागि सरकार गम्भिर नबनेको आरोप लगाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय महिला शक्तिले पत्रकार सम्मेलन गरेर पछिल्लो समयमा महिला हिँसाका घटनाहरु भएको यस्तो आरोप लगाएको हो ।

राष्ट्रिय महिला शक्तिकी संयोजक प्रा.डा.सुष्मा आचार्यले कैलालीमा १८ वार्षीया राधा चौधरीमाथि भएको हिँसामा संलग्नलाई कारबाहि गर्न माग गरेकी छन् ।

उनले भनिन्,‘कैलालीमा राधा चौधरीमाथि जुन दुव्र्यवहार भयो त्यो दुःखद घटनाको बारेमा जति भन्त्र्सना गरेपनि कम हुन्छ, ढोगीहरुको झाँक्रिको भरमा जीवन खतरामा पार्नेकाम जो पक्षबाट भएको छ, त्यो अमानविय छ, ६ घण्टासम्म बोक्सीको आरोपमा पिट्दा पनि त्यहाँका मानिसहरुले तालि बजाएर बस्छन्, मेयर दोषिलाई उन्मुक्ति दिन खोज्छ, म त तिनीहरुलाई पशु भन्छु, ति मानिस होईनन्।’

उनले अघि थपिन्,‘महिलाहरुमाथि भईरहेका हिँसाका घटनाहरु तत्काल अन्त्यको लागि सरकारले उचित कदम चाल्नुपर्छ, यदि त्यसो भएन भने सम्पूर्ण महिलाहरु सडकमा उत्रिने छन्।’

महिलाहरु श्रृष्टि हुन, महिला धैर्यताकी प्रतिक हुन, महिलालाई हेप्ने कार्य कसैबाट नहोस्, हामी जुटेपछि कुनैपनि शक्तिको केही चल्नेछैन्, हामीले भर्खमात्रै यो संगठन खोलेका छौं, संघीय संरचना अनुसार हाम्रो संगठनलाई विस्तार गर्नेछौँ।’



प्रतिक्रिया दिनुहोस्