Logo

नेपाल र बंगलादेशका प्रधानमन्त्री ओली र शेख हसिनावाजेदबिच टेलिफोन वार्ता, विमान दुर्घटनाप्रति दुःख व्यक्त



फागुन २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमास्थलमा सोमबार भएको यूएस बंगला विमान दुर्घटनाको घटनाप्रति बंगालदेशका प्रधानमन्त्री शेख हसिनावाजेद समक्ष दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना बंगलदेशी समकक्षीसँग टेलिफोन सम्पर्क गर्दै दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारकोतर्फबाट दुस्ख ब्यक्त गरेका हुन् । उनले दुर्घट्ना पछि तत्काल बसेको मन्त्रिपरिषद्को बैठकले छानविन आयोग गठन गर्ने निर्णय गरेकोसमेत जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्यालयको प्रेस नोटमा टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले शीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिए ।

बंगालदेशकी प्रधानन्त्री हसिनावाजेदले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद ब्यक्त गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्