Logo

विश्वकप क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई हरायो, सुपरसिक्सको यात्रा अंक गणितमा निर्भर



फागुन २८, काठमाण्डौ । विश्वकप क्रिकेट छनौट खेलमा नेपालले पहिलो जित हात पारेको छ । आज भएको आफ्नो तेस्रो खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको हो ।

हङकङले दिएको एक सय ५४ रनको लक्ष्य नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर भेटाएको हो ।

नेपालको जितमा रोहितकुमार पौडेलको ४८ रन र सोमपाल कामीको ३७ रन महत्वपूर्ण रह्यो । त्यसैगरी अनिल शाहले रनको योगदान गरे ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले आज पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनले ३१ बलमा १२ रन मात्रै बनाए । दिपेन्द्रसिंह ऐरीले पनि १२ रन बनाए ।

यसअघि राम्रो ब्याटिङ गरेका कप्तान पारस खड्का भने आज ११ रनमै आउट भए । अरिफ शेखले दूई रन मात्रै जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । ११० रन जोड्दा ८ विकेट गुमाइसकेका उसका इशान खान र इशान नवाजले नवौं विकेटका लागि ३२ रनको साझेदारी गरे ।

नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्