Logo

घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली प्रहार



काठमाडौं, २८ फागुन। कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको रिपोर्टर्स क्लब कैलाली शाखाका अध्यक्ष एवम् पत्रकार रमेश बजगाँईले जानकारी दिए ।

बजगाँईका अनुसार मेयर चौधरीको अहिले स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । चौधरीलाई घुँडाभन्दा मुनि गोली लागेको छ ।

तस्विर : रमेश बजगाँई 



प्रतिक्रिया दिनुहोस्