Logo

संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा : ओली



काठमाडाैं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद,राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा बुधबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने,‘संविधान समयको माग अनुसार संसोधन हुन्छ, तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्नेगरी संशोधन हुँदैन। देशलाई थप मजबुद तर एकताबद्ध पार्नका लागि संशोधन हुन्छ।’



प्रतिक्रिया दिनुहोस्