Logo

न्याय परिषदका सचिव निरौलालाई कारबाही गर्ने तयारी



काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमा नरहेको पत्र काट्ने न्याय परिषदका सचिव नृपध्वज निरौलालाई नै कारबाही गरिने तयारी भएको छ ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउनुपूर्व नै उक्त पत्र आएको थियो । भण्डारीलाई सपथ खुवाउन शितलनिवास पुगेका प्रधान्यायाधीश पराजुली र प्रधानमन्त्रीवीच करिब आधा घण्टा छलफल भएको थियो । सोही कारण सपथ केही ढिला गरि सुरु भएको थियो ।

उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले समेत न्यायपरिषदको कदम गलत भएको बताएका थिए ।

राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण दमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ ।

परिषदका सचिव निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्