Logo

विमान दुर्घटनाका घाइते भेट्न देउवा ग्रान्डी अस्पतालमा



काठमाडौं, ३० फागुन । सोमबार भएको युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा घाइतेभइ उपचार गराइरहेका बिरामीहरुलाई भेट्न पूर्ब प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका सभापति तथा प्रमुख बिपक्षी दलका नेता शेर बहादुर देउवा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

देउवाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेसँग घाइतेहरुको अवस्था तथा उपचारबारे जानकारी लिएका छन् । देउवाले सघन उपचारकक्षमा गइ बिरामी तथा बिरामीका आफन्तजनजसँग भेट गरी सिघ्रस्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले घाइतेहरुमध्ये बिमानस्थल र बिभिन्न अस्पतालहरुबाट उपचारकालागि ग्राण्डी अस्पताल ल्याइएका घाइतेहरुको अवस्था तथा उपचारबारे जानकारी गराएका छन् ।

२२ जना घाइतेमध्ये कपनका दयाराम ताम्रकार, बनस्थलीका हरि प्रसाद सुबेदी, बालकोटका किशोर त्रिपाठी र किर्तिपुरका बिनोद राज पौडेललाई ग्राण्डी अस्पतालको इएमएस टिमले बिमानस्थलबाट तथा बिभिन्न असपतालबाट थप उपचारकालागि ग्राण्डी अस्पताल ल्याएको थियो ।

चारैजनालाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अस्पतालको सघन उपचारकक्षमा भर्नागरी उपचार भइरहेको छ । गत सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइतेभएका थिए ।



प्रतिक्रिया दिनुहोस्