Logo

राजिनामा दिने तयारीमा पराजुली, प्रधानमन्त्री र राष्ट्रपतिसँग छलफल



चैत १, काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा दिने भएका छन् । न्याय परिषदले उमेर हदका कारण सात महिनाअघि नै अवकास पाइसकेको भनेर हिजो पत्र काटेसँगै अलमलमा परेका पराजुलीले राजिनामा दिने तयारी गरेका हुन् ।

यता सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधिश दीपकराज जोशीलाई कायम मुकायम प्रधानन्यायाधीश तोकिएपछि पराजुली थप अप्ठेरोमा परेका थिए ।

उनले न्याय परिषदको पत्र अवैधानिक भएको भन्दै आफू पदमुक्त नभएको जिकिर गरेका थिए । तर आजैबाट जोशीले कार्यभार सम्हालेपछि पराजुलीलाई सर्वोच्च जाने बाटो बन्द भएको थियो ।

यस विषयमा उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग पनि परामर्श गरेका थिए ।

ओली र भण्डारीले पनि विवाद थप बढ्न सक्ने भन्दै सहज अवतरणको बाटो रोज्न सुझाब दिएका थिए ।

यसैबिच उनले राजिनामा दिन लागेका हुन् । ऋषि धमलासँग कुरा गर्दै उनले आफू छलफलमै रहेको र राजिनामा दिने सम्भावना बढेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्