Logo

प्रधान्यायाधीशको राजिनामाको हामी स्वागत गर्छौं : नेपाल बार



काठमाडौं, १ चैत्र । नेपाल बार एशोसिएसनका महासचिव खम्ब बहादुर खातीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा दिनु स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महासचिव खातीले यस्तो धारणा राखेका हुन् । ‘प्रधान्यायाधीशको राजिनामा आएको छ, यो स्वागतयोग्य कुरा हो, उहाँले न्यायालयको सम्मानको लागि र अहिले देखिएको विवादलाई समाधान गर्नको लागि राजिनामा दिनु उपर्युक्त हो, बार यसको स्वागत गर्छ’–खातीले भने।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले न्यायलयभित्र बाह्ृय हस्तक्षेप भएको भन्दै यसलाई आफूहरुले नस्विकार्ने स्पष्ट पारे । उनले भने,‘बार उद्देश्य भनेको पेशागत हकहित गर्ने हो, प्रेस स्वतन्त्रताको रक्षा गर्ने हो, यसका साथसाथै हामी मुलुकमा भएका बेथिति, विकृति, विसंगतिका विरुद्धमा पनि सशक्त आवाज उठाउँछौं, तर हामीलाई पार्टीको ट्याग लगाईन्छ, बार स्वतन्त्र न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको पक्षमा लड्दै आएको छ, दुई प्यालनबाट चुनाव लडेपनि हाम्रो धर्म भनेको स्वतन्त्र न्यायापालिकाको पक्षमा उभिने हो।’

उनले प्रधानन्यायाधीशको जन्म मिति र शैक्षिक प्रमाणपत्रको विवाद देखिनुमा मुख्य दोष संवैधानिक परिषदको भएको आरोप लगाए । खातीले भने,‘यस्तो अवस्थामा पनि संवैधानिक परिषदको बैठक नबस्नु आश्चर्यको विषय हो, प्रधानन्यायाधीश योग्य हो वा होईन भन्ने निर्णय गर्ने निकाय नै संवैधानिक परिषद हो, तर उसले किन छुट्याएन ? यो आश्चर्यको विषय हो।’

त्यस्तै उनले न्याय परिषद सचिवालयले हिजो काटेको पत्रको सम्बन्धमा टिप्पणी गर्दै भने,‘सचिवालयलाई कसले दियो यो सर्वोच्चता ? न्याय परिषद सचिवालयलाई कसले दियो बोधार्थ र कार्यरथ भनेर लेख्ने अधिकार ?’ संवैधानिक परिषदको बैठक बस्न नसक्नु आश्चर्यको विषयमात्रै नभएर सिँगो अदालतको शीर झुकेको खातीको भनाई थियो ।

सर्वोच्च अदालतका ८ जना न्यायाधीशले बेन्च बहिष्कार गरेकोप्रति कडा टिप्पणी गर्दै उनले भने,‘उहाँहरुलाई बेन्च बहिष्कार गर्ने अधिकार कसले दियो ? यो छुट उहाँहरुलाई कसले दियो ? उहाँहरु अदालतको न्यायाधीश हो कि ट्रेड युनियनका नेता हुन्।’

 



प्रतिक्रिया दिनुहोस्