Logo

न्यायालय रुपान्तरणको यो उपर्युक्त मौका हो : बिडारी



काठमाडौं, १ चैत्र । राष्ट्रिय सभा सदस्य एवम् कानूनविद रामनारायण विडारीले आजको मितिबाट न्यायालयलाई रुपान्तरण र सुधार गर्ने मौका मिलेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘सबै निकाय रुपान्तरण भएपनि न्यायापालिका अझैपनि रुढिवादी, परम्परागत रुपमा चलेको छ, श्रीमानका अगाडि सबै नतमस्तक हुने अवस्था छ, त्यहाँभित्र विकृति, अन्यायमात्रै छैन्, भ्रष्टाचारको प्रतिष्पर्धा हुन्छ, आजको मितिबाट अब न्यायालय सुधार गर्ने मौका मिलेको छ, न्यायालयलाई सक्षम, सबल र जनउत्तरदायी बनाउनुपर्छ।’

विडारीले सर्वोच्च अदालतमा अत्यन्तै अराजक भैरहेको आरोप लगाए । उनले भने,‘फैसलाहरु प्रक्रिया अनुसार भएनन्, न्यायाधीशहरु आचारसंहिता विपरित चलिरहेका छन्, प्रधानन्यायाधीशलाई पनि अधिकार बढि भएको हो, गतिलो मुद्दा पाउनको लागि न्यायाधीशहरुवीच झगडा हुन्छ।’

न्यायपरिषद सचिवलालयद्धारा पत्र काटिएको विवाद अब सर्वोच्च अदालतले हेर्ने पनि उनको भनाई थियो । उनले भने,‘सर्वोच्च अदालतले जे फैसला गर्छ, त्यही हुन्छ।’

अहिले देखिएको विवाद एक हिसवाले ‘क’ु जस्तो देखिएको बताउँदै विडारीले भने,‘दुवै तिरबाट अलि अलि बलजफ्ती भएको छ, प्रधानन्यायाधीश पदमुक्त भएको होईन।’

 



प्रतिक्रिया दिनुहोस्