Logo

उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगितामामा सिद्धार्थ मोडलकी दिपा काप्री तेस्रो हुन सफल



चैत १, काठमाण्डौ । तारकेश्वर नगरपालिकास्थित सिद्धार्थ मोडल माध्यमिक विद्यालयकी छात्रा दिपा काप्रीले उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल भएकी छिन् ।

उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता विषयक वक्तृत्वकला प्रतियोगिताको पहिलो चरणमा प्रथम भएर उपत्यकाव्यापी प्रतियोगितामा छनौट भएकी काप्रीले अन्तिम प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्न सफल भएकी हुन् ।

फाइन प्रतियोगिता बुधबार सम्पन्न भएको थियो । उनले विजेता भएसँगै नगद र प्रमाणपत्र प्राप्त गरेकी छिन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विशेष कार्यक्रम गरी उनलाई पुरस्कृत गरिएको हो ।

पुरस्कारले आफूलाई उत्साहित बनाएको भन्दै आगामी दिनमा अझ मिहिनेत गर्ने काप्रीले बताइन् ।

काप्रीको सफलताले विद्यालयको गरिमा बढेको विद्यालयका प्रिन्सिपल ऋषिराम काप्रीले बताए ।
विद्यालयले पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागि गराउने गरेकाले यो सफलता हासिल भएको उनले बताए ।

यसअघि पहिलो चरणमा भएको छनौटमा १७ विद्यालय सहभागि भएकोमा काप्री प्रथम भएकी थिइन् ।

कक्षा एकदेखि नै विभिन्न प्रतियोगितामा सहभागि काप्री अतिरिक्त क्रियाकलापमा पनि सहभागि हुँदै आएकी छिन् । भविष्यमा डाक्टर बन्ने सपना लिएकी उनी अहिले पनि कक्षामा प्रथम हुने गर्दछिन् ।

वक्तृत्वकलाबाहेक वादविवाद र हाजिरीजवाफ प्रतियोगितामा पनि उनी सहभागि हुँदा पुरस्कार जित्न सफल हुँदै आएकी छिन् ।

पुख्र्यौली घर गोरखाको आरुघाट भए पनि सानैदेखि काठमाण्डौमा बसेर पढ्दै आएकी उनका बुबा भने व्यवसायी हुन् ।

प्रतियोगितामा अन्य विद्यालयका रिया खत्री प्रथम र कृषा अधिकारी दोस्रो भएका थिए ।



प्रतिक्रिया दिनुहोस्