Logo

नेपालले वान डे मान्यता पाउन सफल, नेपाली क्रिकेट इतिहासमा अहिलेसम्मकै ठूलो उपलब्धि



चैत १, काठमाण्डौ । नेपालले पपुवा न्यू गिनी र नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले वान डे स्टाटस पाएको छ ।

दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको थियो ।

आजै भएको अर्को खेलमा नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपाल एक खेल खेल्नुअघि नै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल एक दिवसीय क्रिकेटको मान्यता पाउन योग्य बनेको हो ।

यो मान्यता पाएसँग नेपालले क्रिकेटमा अर्को उपलब्धि हासिल गरेको छ । अब नेपालले आइसिसिबाट पाउने सहयोग र अन्य देशसँग खेल्ने मौका बढ्ने छ ।

नेदरल्याण्डलाई हङकङले जिनेको भए सातौं स्थानका लागि नेपालले हङकङसँग खेल्नुपथ्र्यो । उक्त खेल जित्नैपर्ने दबाबमा हुन्थ्यो ।

हारसँगै पपुवा न्यूगिनीले भने नेपालसँग हारेसँगै एकदिवसीय मान्यता गुमाएको छ ।
नेपालले यसरी हरायो पपुवा न्यूगिनीलाई
पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् ।

नेपालको सुरुवात भने राम्रो रहेन । १३ रन जोड्दा दुबै ओपनर आउट भइसकेका थिए । मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमा आउट भए । थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट भए ।

तर, दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए । ऐरी ५० रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । मात्र ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए ।

नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट लिए ।

करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका थिए । ऐरी खेलको म्यान आफ द म्याच भए ।



प्रतिक्रिया दिनुहोस्