काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिमण्डल विस्तार गर्नेगरि अन्तिम तयारी थालेका छन् ।उनले यसबारेमा आजमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका छन् ।
माओवादीले त आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाईसकेको छ । तर एमालेभित्र अझैपनि कसलाई मन्त्री बनाउने भन्नेबारे ठूलो विवाद छ ।
खासगरी बरिष्ठ नेता माधव कुमार नेपाल समूहले असन्तुष्टि राखेपछि विवादले उग्र रुप लिएको हो । ओलीले एकलौटी रुपमा मन्त्री चयन गरेको भन्दै माधव नेपाल समूहले असन्तुष्टि राखेको हो ।
यता सरकारमा सहभागी हुने तयारी गरेको संघीय समाजवादी फोरम नेपालले पनि मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री ओलीलाई नाम बुझाएको छ ।
यसअघि मन्त्री बन्ने चर्चामा रहेका योगेश भट्टराईको नाम थियो । तर, अहिले उनको नाम काटिएको स्रोतको दाबी छ ।