Logo

प्रधानसेनापतिबाट दज्र्यानी चिह्न प्रदान



काठमाडौं, २ चैत  : प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्ययु) का निर्देशक सहायक रथी काजीबहादुर खत्रीलाई बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्तिका अनुसार मन्त्रिपरिषद्को मिति २०७४ फागुन २८ गतेकोे निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनुभएका खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सहसंयोजकको जिम्मेवारी दिइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्