Logo

४ बजे सपथ, उपेन्द्र यादव सहरी र प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री



काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चार बजे मन्त्रिपरिषद विस्तार गर्दैछन् । फोरम नेपालबाट २ जना मन्त्री बन्दैछन् । अध्यक्ष उपेन्द्र यादव र सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने भएका हुन् । स्रोतका अनुसार यादव सहरी विकासमन्त्री र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने पक्का भएको छ ।

आज ४ बजे १४ जना मन्त्रीको सपथ हुँदैछ । त्यस्तै एमालेबाट सचिव प्रदिप ज्ञवाली परराष्ट्र मन्त्री बनेका छन् । त्यस्तै, गोकर्ण विष्ट श्रम तथा रोजगार, गोकुल बाँस्कोटा सञ्चार राज्यमन्त्री भएका छन् । त्यस्तै रघुवीर महासेठ भौतिक पुर्वाधार मन्त्री बनेका छन् ।

शेरबहादुर तामाङ कानुन, रविन्द्र अधिकारी पर्यटन मन्त्री बनेका छन् । त्यस्तै नेताहरु जगतप्रसाद विश्वकर्मा युवा तथा खेलकुद मन्त्री र पद्यमा अर्याल पनि मन्त्री बनेका छन् ।

लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिईएको छ।

एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज सपथ लिँदैछन् । आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ।

फोरमसँगको भागबन्डापछि सरकारले यसअघि कायम गरिएका १७ मध्ये तीन मन्त्रालय फुटाएर २० बनाउने निर्णय गरेको छ।

माओवादीबाट आज थपिने मन्त्रीमा गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत छन्। जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री हुने माओवादी स्रोतले जानकारी दियो।

माओवादीले शिक्षा, उर्जा, कृषि, वन, सिँचाइ मन्त्रालय पाएको छ। माओवादीबाट गिरीराजमणि पोरखेलले शिक्षा र वर्षमान पुनले उर्जा मन्त्रालय सम्हाल्ने टुंगो भएइ पनि अरुको मन्त्रालय टुंगिन बाँकी छ। एमालेले परराष्ट्र, भौतिक पूर्वाधार, स्थानीय विकास, पर्यटन, सामान्य प्रशासनलगायत ९ मन्त्रालय परेका छन्।



प्रतिक्रिया दिनुहोस्