Logo

११ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ (फोटोफिचर)



काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री र तीन राज्यमन्त्रीले सपथ खाएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट पनि  पाँच मन्त्रीले सपथ खाएका छन् । यससँगै ओली सरकार २१ सदस्यीय बनेको छ । सहरी विकास र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले राखे ।

विना मनगर, खानेपानी

प्रदिप ज्ञवाली, परराष्ट्र

वर्षमान पुन, उर्जा,

गिरिजामणि पोखरेल, शिक्षा

रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात

गोकर्ण विष्ट, श्रम तथा रोजगार

जगत विश्वकर्मा, युवा तथा खेलकुद

रविन्द्र अधिकारी, पर्यटन तथा नागरिक उड्यन

शेरबहादुर तामा, कानून, न्याय तथा संसदीय मामिला

चक्रपािण खनाल, कृषि तथा भूमि व्यवस्था

शक्ति बहादुर बस्नेत, बन तथा वातावरण मन्त्रालय

त्यस्तै राज्यमन्त्रीमा आज चार जनाले सपथ लिएका छन् । गोकुल बाँस्कोटा, सञ्चार राज्यमन्त्री, पद्मा अर्याल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री , धन बहादुर बुढा, पर्यटन राज्यमन्त्री र रामकुमारी चौधरी, कृषि राज्यमन्त्री  ।

तस्विर :मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्