Logo

आफ्नै विद्यालयकी छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष कार्की पक्राउ



चैत ३, काठमाण्डौ । ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् ।
ललितपुर प्याब्सनका अध्यक्षसमेत रहेका कार्की आफ्नै विद्यालयकी छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुव्यर्वहार गरेको आरोप उनी माथि लागेको छ ।

विद्यार्थीलाई दुव्र्यवहार गरेको उजुरीपछि कार्कीलाई हिजो राति पक्राउ गरिएको हो ।

कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्